हेटौंडा – बागमती प्रदेश प्रहरी कार्यालय, हेटौंडाका अनुसार प्रदेशभर आज बिहिबार तीन जना मृत भेटिएका छन् । काभ्रेपलाञ्चोकमा दुई जना र नुवाकोटमा एक जना मृत अवस्थामा फेला परेको हो ।
काभ्रेपलाञ्चोक नमोबुद्व नगरपालिका– ११, लड्केश्वर मन्दिर नजिक रोशी खोलामा अन्दाजी ६०र६५ वर्षको हाल नामथर वतन नखुलेको पुरुष मृत अवस्थामा फेला परेको प्रहरीले जनाएको छ ।
त्यस्तै रसुवा उत्तरगया गाउँपालिका– ५, बस्ने अन्दाजी १७ वर्षीया अस्मिता तामाङ नुवाकोट, बिदुर नगरपालिका–७, तुप्चे स्थित त्रिशुली विधुत प्राधिकरण पावरहाउसको गेट नजिकै त्रिशुली खोलामा मृत अवस्थामा फेला परेको प्रहरीले जनाएको छ ।
त्यसैगरी काभ्रेपलाञ्चोक रोशी गाउँपालिका–९, कुशुमबोटस्थित खोल्सामा ईपिलिपिको रुखमा झुण्डिएको अवस्थामा एक जना मृत फेला परेका छन् । नमोबुद्व नगरपालिका ५ बस्ने अन्दाजी ५५ वर्षीय मेख बहादुर भुजेल झुण्डिएको अवस्थामा मृत अवस्थामा फेला परेका हुन् ।