प्रहर खबर
 २०८३ श्रावण ३, आइतवार    

माछापोखरीमा डुबेर २ वर्षीय बालकको मृत्यु

२०८० पौष १९, बिहीबार १९:०१ बजे

काठमाडौं – पूर्वी नवलपरासीमा माछापोखरीमा डुबेर नाबालकको मृत्यु भएको छ । जिल्लाको कावासोती नगरपालिका–१५ बरौलीटारमा माछापोखरीमा डुबेर स्थानीय २ वर्षीय अर्किस थापा मगरको मृत्यु भएको प्रहरीले जनाएको छ ।

प्रहरीका अनुसार बिहीबार दिउँसो अर्किस आफ्नै घर अघिल्तिरको माछापोखरीमा खेल्न जाँदा डुबेका थिए । पोखरीमा डुबेको अवस्थामा फेला परेपछि उनलाई स्थानीयले उद्धार गरेर जिल्ला अस्पताल डण्डामा लगेका थिए । उनको उपचारको क्रममा दिउँसो साढे ३ बजेतिर मृत्यु भएको प्रहरीले जनाएको छ ।