प्रहर खबर
 २०८३ श्रावण ३, आइतवार    

विद्युत प्राधिकरण हेटौंडा वितरण केन्द्रलाई रास्वपा मकवानपुरको ध्यानाकर्षण

२०८० असार २५, सोमबार ०२:११ बजे

हेटौंडा – राष्ट्रिय स्वातन्त्र पार्टी(रास्वपा) मकवानपुरले नेपाल विद्युत प्राधिकरण हेटौंडा वितरण केन्द्रलाई ध्यानाकर्षण गराएको छ । जिल्लामा केही दिनदेखि प्राधिकरणको सेवा अवरुद्ध भएर ईलेक्ट्रोनिक्स सामानहरु विग्रिने, नासिने र हाईभोल्टेजको कारण आगो लागि भएर जनधनको क्षति हुने खतरा भएको भन्दै गुनासो पढेपछि ध्यानाकर्षण गराईएको पार्टीका जिल्ला सभापति भरत पराजुलीले बताए ।

पार्टीका जिल्ला संगठन विभाग प्रमुख बिशालराज महत, बेथिती अनियमितता तथा गुनासो सुनुवाई समितिका संयोजक दामोदर दाहाल सहितको टोलीले आइतबार नेपाल विद्युत प्राधिकरण हेटौंडा वितरण केन्द्रका प्रमुख नरेन्द्र वीर श्रेष्ठलाइ ध्यानाकर्षण पत्र बुझाएका हुन् । उक्त गुनासो तुरुन्त समस्या समाधान गर्न ध्यानकषण पत्रमा उल्लेख छ ।

विद्युत प्राधिकरण हेटौंडा वितरण केन्द्रसंग विभिन्न ८ वटा शिर्षकमा नागरिकको सुचनाको हकको सदुपयोग गर्दै नेपालको संविधानको धारा २७ तथा सुचनाको हक सम्बन्धि एने २०६४ को दफा ३ र ७ अनुसार सुचना पनि माग गरिएको जिल्ला संगठन विभाग प्रमुख महतले बताए ।

ध्यानार्कषण तथा सुचना माग पत्र