हेटौंडा – दुई बालिकालाई जबरजस्ती करणी गरेको अभियोगमा एक जना पक्राउ गरेका छन् ।
झापामा १७ वर्षीया र ११ वर्षीया दुई बालिकालाई जबरजस्ती करणी गरेको अभियोगमा मेचिनगर नगरपालिका–१२ माथिल्लो धाईजन बस्ने ७३ वर्षीय कपिल मनि पौडेललाई शुक्रबार बिहान प्रहरीले पक्राउ गरेको हो ।
पौडेलले ती बालिकाहरूलाई बिभिन्न मितिमा पटक–पटक जबरजस्ती करणी गरेको र १७ वर्षीया बालिका गर्भवती समेत भएको प्रहरीले जनाएको छ ।
ईलाका प्रहरी कार्यालय अनारमनीबाट खटिएको प्रहरीले उनलाई पक्राउ गरेको हो ।
यस सम्बन्धमा थप अनुसन्धान भइरहेको प्रहरीले जनाएको छ ।