प्रहर खबर
 २०८३ श्रावण ३, आइतवार    

मकवानपुरका सिडिओ साप् ‘रातो पिर्का’माथि

२०७९ असार २०, सोमबार १२:२३ बजे

हेटौंडा – मकवानपुरको प्रमुख जिल्ला अधिकारी(सिडिओ) परिवार्तन भएको चार दिन भएको छ । तत्कालिन प्रमुख जिल्ला अधिकारी भरतमणी पाण्डे सरुवा भएपछि उनको स्थानमा राजेन्द्र देव पाण्डे आएका हुन् ।

यहि असार १७ गते सरुवा भई मकवानपुर आएका सिडिओ पाण्डे सुरक्षा निकाय, पत्रकार लगायत सरोकारवाला निकायसंगको भेटघाटमा ब्यक्त छन् । भोटघाटकै क्रममा रहेका पाण्डे निरीक्षण तथा अवलोकनका लागि सोमबार जिल्ला प्रहरी कार्यालय मकवानपुरमा पुगेका छन् ।

त्यहाँ उनलाई मकवानुरका प्रहरी प्रमुख एवं प्रहरी उपरीक्षक(एसपी) सुरेन्द्र बहादुर गुरुङ, प्रवक्ता एवं प्रहरी नायब उपरीक्षक टेक बहादुर कार्कीले स्वागत गरेका थिए । सोही क्रममा पाण्डेलाई पिर्कामाथि राखेर सलामी(पिर्के सलामी)सहित स्वागत गरिएको थियो ।

पिर्के सलामीपछि उनी जिल्ला प्रहरी कार्यालय मकवानपुरको निरीक्षण तथा अवलोकन गरेका थिए । एसपी गुरुङले मकवानपुर जिल्लाको समग्र सुरक्षा सहितको बस्तु स्थितीको बारेमा जानकारी लिएका थिए । जिल्लाको बस्तुस्थिती अनुसार कार्यसम्पादनको लागि निर्देशन समेत दिएका थिए ।