हेटौंडा – हेटौंडा उपमहानगरपालिकाका सवारी चालक सञ्जु लोप्चन तामाङ इलामको एक होटलमा सुतेकै अवस्थामा मृत भेटिएका छन्।
सूर्योदय नगरपालिका–४, अन्तुभञ्ज्याङको मुनलाईट होटलमा चालक ५० वर्षे तामाङ मृत फेला परेको इलाका प्रहरी कार्यालय, पशुपतिनगर इलामाका प्रहरी निरीक्षक सन्तोष राईले जानकारी दिए।
उनका अनुसार चालक तामाङ हेटौंडा उपमहानगरको कर्मचारीको एक टोलीसंग इलाम पुगेका थिए । गएराति करिब ११ बजेतिर खाईपिई गरी साथीहरूसँगै सुतेका उनी बिहान बिहान साढे ५ बजेतिर मृत अवस्थामा फेला परेको प्रहरी निरीक्षक राईले बताए ।
तामाङको मृत्युको कारण खुल्न खुलेको छैन । मृतकका आफन्त आएपछिमात्रै थप कानुनी प्रक्रिया सुरु गरिने इन्स्पेक्टर राईले बताए । मृतकको आफन्तलाई हेटौंडाबाट घटनास्थलतर्फ जाँदै गरेको बताईएको छ ।