प्रहर खबर
 २०८३ श्रावण ३, आइतवार    

परीक्षा र रजिस्ट्रेसन शुल्क नलाग्ने

२०८१ पौष १२, शुक्रबार ०७:४१ बजे

काठमाडौैं – राष्ट्रिय परीक्षा बोर्डले कक्षा ९, १० र ११ का विद्यार्थीलाई परीक्षा र रजिस्ट्रेसन शुल्क नलिने निर्णय गरेको छ।

सामुदायिक विद्यालयका करिब पाँच लाख विद्यार्थीलाई राहत हुने यस निर्णयले शिक्षा मन्त्रालयलाई वार्षिक १ अर्बभन्दा बढी आर्थिक भार पर्नेछ।

यो निर्णय कार्यान्वयनका लागि अर्थ मन्त्रालयले विनियोजन विधेयकमार्फत अनुमोदन गर्नुपर्नेछ। यसबाट विद्यार्थीले हालसम्म तिर्दै आएको रजिस्ट्रेसन (३००–६०० रुपैयाँ) र परीक्षा शुल्क (५०० रुपैयाँ) हट्नेछ।

यस वर्ष एसइई फाराम भर्ने समय ३० दिन तोकिएको छ भने दोब्बर दस्तुर तिर्ने व्यवस्था हटाइएको छ। कक्षा १२ को परीक्षा शुल्क भने यथावत रहेको छ। यो खबर गोरखापत्रमा प्रकाशित छ ।