प्रहर खबर
 २०८३ श्रावण ३, आइतवार    

हेटौंडामा स्काउट शिक्षक भेला र पुनर्ताजगी तालिम सुरु

२०७९ पौष २८, बिहीबार १३:११ बजे

हेटौंडा – नेपाल स्काउट हेटौंडा उपमहानगरपालिका समितिको संयोजन र हेटौंडा उपमहानगरपालिकाको आर्थिक सहयोगमा दुई दिने नगर स्तरीय स्काउट शिक्षक भेला र पुनर्ताजगी तालीम सुरु भएको छ ।

सिद्धर्थ माबिको सभाहलमा सुरु भएको कार्यक्रमको हेटौंडा उपमहानगरपालिका का मेयर मिना लामाले उद्घाटन गरिन्। कार्यक्रममा बोल्दै नगर प्रमुख मिना लामाले नेपाल सरकारको निति बमोजिम एक बिद्यालय एक स्काउट युनिट संचालनका लागि नगरका हरेक बिद्यालयमा स्काउट शिक्षा अनिवार्य गर्ने र संचालनका लागि हरेक प्रकारको सहयोग गर्न तयार रहेको बताइन् ।

कार्यक्रममा हेटौंडा उपमहानगरपालिकाका कार्यकारी अधिकृत शिव प्रसद चौलागाईंले स्काउटिङ शिक्षा वर्तमान समयमा अपरिहार्य भएको र समाज परिवर्तनमा स्काउटको महत्त्वपूर्ण भुमिका रहने बताए । हेटौंडा उपमहानगरपालिका शिक्षा शाखा प्रमुख गङाधर रिमालको सभाध्यक्षमा भएको कार्यक्रममा हेटौंडा उपमहानगरपालिका स्काउट समिति संयोजक दिपेन्द्र रोक्काले स्वागत मन्तव्य राख्दै कार्यक्रमका बारेमा प्रकाश परेका थिए ।

कार्यक्रममा नेपाल स्काउट बागमती प्रदेश सदस्य अशोक सारु , महेन्द्र राना , हेटौंडा उपमहानगरपालिका शिक्षा शाखाका राम चन्द खड्का ,रमेश बिडारी लगायतको उपस्तिथि रहेको थियोे । प्रशिक्षक अशोक सारु मगर, सुमित्रा लामा, नन्दलाल दाशले दिने तालीममा उपमहानगरपालिका भित्रका सस्थागत र सामुदायिक बिधालयका १०० बढी स्काउट शिक्षक एवं रोभर रेन्जरहरुको उपस्थित रहेको थियो । कार्यक्रम भोलि सम्म संचालन हुने छ।