प्रहर खबर
 २०८३ श्रावण ४, सोमवार    

मकवानपुरमा करेन्ट लागेर एक जनाको मृत्यु

२०८० चैत्र १८, आईतबार १८:१८ बजे

हेटौंडा – मकवानपुरको बामगती गाउँपालिका वडा नं.८ कायरमा करेन्ट लागेर एक जनाको मृत्यु भएको छ । मृृत्यु हुनेमा स्थानीय ५५ बर्षीय देबराम रुम्बा रहेका छन् ।

जिल्ला प्रहरी कार्यालय मकवानपुरका अनुसार आइतबार बिहान ८ बजेको समयमा रुम्बा आफ्नै घर अगाडीको बारामा मकै हर्न जादा मकै बारामा लत्रिएको बिजुलीको नाङ्गो तारमा छुदा अचानक करेन्ट लागेर मृत्यु भएको हो ।

घटनस्थलबाट कानुनी प्रक्रिया पुरा गरी शव हेटौंडा अस्पतालमा ल्याईएको बताईएको छ । घटनाबारे प्रहरीले अनुसन्धान गरिरहेको प्रहरीले जनाएको छ ।