हेटौंडा – मकवानपुरको बकैया गाउँपालिका वडा नंबर–१२ घट्टेपाखामा पहिरो खस्दा हेटौंडा–काठमाण्डौंं जोड्ने कान्तिलोकपथ सडक अबरुद्ध भएको छ । आज बिहान कान्तीलोकपथ सडक खण्डमा बर्षादको कारण माथीबाट पहिरो आएर सडक अबरोध भएको हो ।
सडक अबरोध भएपछी यस सडकबाट ओहोर दोहोर गर्ने सवारीका यात्रुहरु बाटोमै रोकिएका छन् । सडक बिभाग, र फास्ट ट्याक संग समन्वय गरी अबरोध हटाउने पहल भईरहेको जिल्ला प्रहरी कार्यालय मकवानपुरले जनाएको छ ।