हेटौंडा – सशस्र प्रहरी बल पोष्ट कत्लेखोलाको गस्ती टोलिले गत सोमबार राति मकवानपुरको मनहरी गाउँपालिका–९ ज्यामिरेस्थित सडकबाट ट्रकबाट १ सय ५८ किलो लागूऔषध गाँजा बरामद गर्यो ।
ना ६ ख ४५२० नम्बरको डिब्बा ट्रकका सहचालकका थाहा नगरपालिका–३ गोपाली गाउँ बस्ने १८ वर्षीय विशाल गोपाली पक्राउ परे, तर चालक भने फरार थिए । दुई दिनपछि फरार रहेका ट्रक चालक थाहा नगरपालिका–३ गोपाली गाँउ बस्ने २७ वर्षीय रसाल गोपालीलाई प्रहरीले पक्राउ गरेको छ ।
खोजतलास गर्ने क्रममा बिहीबार हेटौंडा उपमहानगरपालिका–१ हेटौंडा अस्पताल गेट अगाडी हिडडुल गरि रहेको अबस्थामा चालक रसाललाई पक्राउ गरिएका जिल्ला प्रहरी कार्यालय मकवानपुरले जनाएको छ । घटनाको बिषयमा थप अनुसन्धान कार्य भईरहेको प्रहरीको भनाई छ ।