हेटौँडा – नेपाली कांग्रेस बागमती प्रदेश सभापति एवम नेपाली कांग्रेसको तर्फबाट मकवानपुरको प्रतिनिधिसभा क्षेत्र नंबर २ को प्रदेशसभा ‘२’ का उम्मेद्वार इन्द्र बहादुर बानीयाँलाई आफ्नै कार्यकर्ताले कालोझण्डा देखाएका छन् ।
बानीयाँले दर्जन बढी क्रियाशिल सदस्यहरुले कालोझण्डा देखाएका हुन् । मनहरी गाउँपालिका वडा नंबर १ को मानव धर्म आश्रममा देउसी भैलो कार्यक्रममो नाउँमा गठवन्धनको कार्यक्रममा सहभागि हुन पुगेका बानीयाँलाई कालो झण्डा देखाईएको नेपाली कांग्रेसका क्रियाशिल सदस्य विशाल उप्रेतीले बताए ।
उनले भने ‘सांसद भएपछि काम नगर्ने, झुटको खेति मात्र गर्ने, जनतालाई सधै झुटको बाचा गर्ने र पुनः यो गर्छु र त्यो गर्छु भन्दै चुनावमा भोट माग्न आएको कारण हामीले आज बानीयाँलाई कालोझण्डा देखाएका हौँ ।’ कालो झण्डा देखाउन कांग्रेसका स्थानीय युवानेता तथा क्रियाशिल सदस्यको सहभागिता रहेको उप्रेतीको भनाई छ।