प्रहर खबर
 २०८३ श्रावण ४, सोमवार    

पत्रकारमाथी दुव्यहारको घटनाप्रति ध्यानाकर्षण

२०७९ माघ १३, शुक्रबार ०७:०५ बजे

हेटौंडा – हेटौंडा उपमहानगरपालिकाकी मेयर मीना कुमारी लामाको स्वकिय सचिवालयका कर्मचारीले पत्रकारमाथी दुर्व्यवहार गरेको घटनामा प्रेस चौतारी मकवानपुर शाखाले गम्भीर ध्यानाकर्षण भएको जनाएको छ ।

चौतारी मकवानपुरका सचिव रुपक कालिराजले बिहीबार साँझ एक विज्ञप्ति जारी गर्दै सूचना संकलन गर्न जाँदा भएको दुर्व्यवहार स्वतन्त्र प्रेस माथि अंकुश लगाउन खोज्ने अराजकता भएको जनाएका छन् ।

हेटौँडा उपमहानगरपालिका कार्यालयमा प्रहर खबरका सम्बाददाता एवम् प्रेस चौतारी मकवानपुर शाखाका सदस्य संजिव सुनारमाथि बिहिबार मेयर लामा सचिवालयमा काम गर्ने कर्मचारीले दुरव्यवहार गरेका थिए ।

‘हरेक घटनाको सत्य, तथ्य सूचना पाउने जनताको अधिकार हो । उक्त अधिकारको रक्षा गर्न र सत्य तथ्य सूचना संकलन गर्न जादाँ पत्रकार माथि मेयर लामाको सचिवालयका कर्मचारीले कस्को आदेशले भिडियो खिचिएको भन्दै दुर्व्यवहार गर्नुले स्वतन्त्र प्रेस माथि अंकुश लगाउन खोज्ने अराजकता प्रस्तुत भएको छ । मेयर लामाकी स्वकीय सचिव रुपा बिडारी सहितको टोलीले दुर्व्यवहार गरेको हो’, विज्ञप्तिमा भनिएको छ, ‘बिडारीले आफुपनि पहिला पत्रकार भएको भन्दै सो खिचिएको भिडियो डिलेट गर्नका लागि आदेश दिदैँ दुर्व्यवहार गर्नुले स्वतन्त्र पत्रकारिता र लोकतन्त्रको उपहास भएको छ । त्यसैले प्रेस चौतारी नेपाल मकवानपुर उक्त घटनाको घोर निन्दा एव् भत्सना गर्दै खेद प्रकट गर्दछ ।’