प्रहर खबर
 २०८३ श्रावण ३, आइतवार    

मकवानपुरको मनहरीबाट लागुऔषध सहित एक जना पक्राउ

२०८० असार ६, बुधबार १५:०६ बजे

हेटौंडा – मकवानपुरको मनहरी गाउँपालिका–८, सिम्पानीबाट लागुऔषध गाजाँ एक जना पक्राउ परेका छन् । पक्राउ पर्नेमा पर्सा पटेर्वा सुगौली गाउँपालिका–५ बस्ने २६ वर्षीय कृष्ण राउत थारू रहेका छन् ।

पूर्व पश्चिम सडकखण्डमा शंकास्पद रुपमा बसिरहेको थारूलाई ईलाका प्रहरी कार्यलय, मनहरी मकवानपुरबाट खटिएको टोलिले लागुऔषध गाजाँ सहित नियन्त्रणमा लिएको हो । उनको साथबाट ४ किलोग्राम लागुऔषध गाजाँ बरामद गरिएको बामगती प्रदेश प्रहरी कार्यालय, हेटौंडाले जनाएको छ ।