प्रहर खबर
 २०८३ श्रावण ३, आइतवार    

मकवानपुरगढीमा निवर्तमान वडाध्यक्ष दाहालको व्यावसायिक फूल खेती(तस्वीरहरु)

२०७९ फाल्गुन २४, बुधबार १४:३० बजे

हेटौंडा – मकवानपुरगढी गाउँपालिका वडा नम्बर ६ का निवर्तमान वडाध्यक्ष टिकाप्रसाद दाहालले व्यवसायिक फूल खेती गर्दै आएका छन् । दाहालले वडा नम्बर ६ बाग्दलीस्थित ८ रोपनी क्षेत्रफलमा फूल खेती गर्दै आएका छन् ।

दाहालले ८ रोपनी क्षेत्रफलमा २००० विरुवा गोदावरी र ४५०० विरुवा सयपत्री फूल लगाएका छन् । अहिले फुल फक्रदै गरेको अवस्थामा रहेको छ भने अरु फूल सार्ने तयारीमा रहेको उनले बताए ।

दाहालले फुल माग अनुसार काठमाडौं र हेटौंडा बजारमा बिक्री वितरण गर्दै आएका छन् । माग अनुसार फुल पुर्याउन नसकेको र फुल खेतीमा आम्दानी पनि राम्रो रहेको उनको भनाई छ ।

दाहाल २०७४ सालको स्थानीय तहको निर्वाचनमा नेकपा एमालेबाट मकवानपुरगढी गाउँपालिका वडा नं.६ को वडाअध्यक्षमा निर्वाचित भएका थिए भने २०७९ को निर्वाचनमा पराजित भएका थिए ।

तस्वीरः चन्द्रकान्त चौधरी, मकवानपुरगढी गाउँपालिका कृषि शाखाका प्रमुख