प्रहर खबर
 २०८३ श्रावण ४, सोमवार    

कस्तो होला आज देशभरिको मौसम ?

२०८१ पौष ४, बिहीबार ०७:३६ बजे

काठमाडौं – देशमा हाल पश्चिमी वायुको सामान्य प्रभाव रहेको मौसम पूर्वानुमान महाशाखाले जानकारी दिएको छ। यस प्रभावका कारण आज बिहीबार बिहान कोसी प्रदेशसहित देशका पहाडी भूभागमा आंशिक बदली रहेको छ भने बाँकी भूभागमा मौसम मुख्यतया सफा रहेको छ।

महाशाखाका अनुसार अहिले तराई तथा उपत्यकाका केही स्थानमा हुस्सु र थोरै क्षेत्रमा कुहिरो लागेको छ। यो परिस्थितिले चिसो बढ्न सक्ने र यसले दैनिक जनजीवनमा असर पार्न सक्ने जनाइएको छ।

महाशाखाले चिसोका कारण पर्यटन, पर्वतारोहण, सडक यातायात तथा हवाई उड्डयनमा असर पर्न सक्ने भएकाले आवश्यक सतर्कता अपनाउन सबैलाई अनुरोध गरेको छ। विशेषगरी तराई र उपत्यकामा बिहानको समयमा कुहिरोको कारण दृष्य स्पष्टता कम हुन सक्ने भएकाले सवारी चालकहरूलाई विशेष सतर्कता अपनाउन आग्रह गरिएको छ।

हालको अवस्था हेर्दा, दिनभर पहाडी र हिमाली क्षेत्रमा मौसम आंशिक बदली रहने सम्भावना छ भने तराई तथा उपत्यकामा चिसोका कारण जनजीवन प्रभावित हुने महाशाखाले प्रक्षेपण गरेको छ।