प्रहर खबर
 २०८३ श्रावण ३, आइतवार    

हेटौंडामा यात्रु बहाक बस दुर्घटना

२०८० असार १५, शुक्रबार ०८:५६ बजे

हेटौंडा – मकवानपुरको हेटौंडा उपमहानगरपालिका वडा नं. ११ नवलपुरमा बस दुर्घटना भएको छ । पूर्वपश्चिम राजमार्ग अन्र्तगत नारायणगढबाट हेटौंडातर्फ आउँदै गरेको ना ६ ख ९८०४ नम्बरको यात्रुबाहक बस दुर्घटना भएको हो ।

जिल्ला प्रहरी कार्यालय मकवानपुरका प्रमुख प्रहरी उपरीक्षक(एसपी) बामदेव गौतमका अनुसार बस अनियन्त्रित भएर दुर्घटना हुँदा ३७ जना घाइते भएका छन्। घाइते मध्ये १० जनाको हेटौंडा–११ मा रहेको चुरेहिल अस्पतालमा र २७ जनाको हेटौंडा अस्पतालमा उपचार भइरहेको गौतमले बताए ।

एसपी गौतमका अनुसार घाइतेमध्ये केहीको अवस्था गम्भीर रहेको छ भने बाँकीको सामान्य रहेको छ । सोही स्थानमा सडक निर्माणको काम भैरहेकोले चालक झुक्किएर बस अनियन्त्रित भएको हुन सक्ने प्रहरीको अनुमान छ । बस सडकबाट करिब एकसय मिटर तल खसेको थियो ।