प्रहर खबर
 २०८० चैत्र १५, बिहीबार    

वरिष्ठ गायक प्रमोद पाण्डेको निधन

२०७९ आश्विन २१, शुक्रबार ०३:३९ बजे

काठमाडौं – वरिष्ठ गायक प्रमोद पाण्डेको ५९ वर्षको उमेरमा निधन भएको छ । मस्तिष्क क्यान्सरबाट पीडित पाण्डेको बिहीबार काठमाडौंस्थित निवासमा निधन भएको हो ।

२०३९ सालदेखि रेडियो नेपालमा गाउन सुरु गरेका पाण्डेले थुप्रै आधुनिक, भजन र लोकगीत गाएका छन् । २०४२ सालमा रेडियो नेपालमा रेकर्ड भएको उनले गाएको ‘जिन्दगीले कहाँ ल्याइपुर्यायो,’ बोलको गीत चर्चित थियो ।

कुन्ति मोक्तानसँग गाएको ‘आँखामै राखेर’, प्रेम खड्कासँग गाएको ‘डालीमा डाली नाचेर हिंड्ने’, अन्जु पन्तसँग गाएको ‘त्यो मनमा फूलेको पिरतीको फूल कसको हो रु’ बोलको गीत पनि चर्चित थियो ।

उनको धेरै गीतहरु चर्चित थियो । पाण्डेका श्रीमती, एक छोरा र एक छोरी छन्।