प्रहर खबर
 २०८३ श्रावण ३, आइतवार    

हेटौंडा ४ को ४३ सय बढी मतगणना, कसको कति मत ?

२०७९ जेठ ५, बिहीबार ०४:३० बजे

हेटौंडा – हेटौंडा उपमहानगरपालिका वडा नम्वर ४ को हालसम्म ४ हजार ३४७ मत गणना हुँदा वडा अध्यक्षमा नेकपा एमालेका उम्मेदवार नविन सिग्देलको अग्रता कायमै रहेको छ । उनले १ हजार ८३१ मत प्राप्त गरेका छन् ।

उनका निकट्तम प्रतिद्वन्दी गठबन्धनबाट नेपाली कांग्रेसका उम्मेदवार हरि प्रसाद पौडेलले १ हजार ८०३ ल्याउँदा राप्रपाका ध्रुव प्रसाद संजेलले ४७९ प्राप्त गरेका छन् ।

त्यस्तै मेयरमा राप्रपाका दिपक बहादुर सिंहले १ हजार ७९६ र उपमेयरमा गठबन्धनबाट नेपाली कांग्रेसका २ हजार १८६ मत सहित अग्रता कायमै राखेका छन् ।


हेटौंडा उपमहानगरपालिका वडा नं. ४ को ४३४७ मत गन्दा

मेयर
सुर्य -१०६७
कलम -११२८
हलो -१७९६
उपमेयर
सुर्य-१२४७
रुख -२१८६
हलो- ५८६
वडा अध्यक्ष
सुर्य -१८३१
रुख -१८०३
हलो -४७९