हेटौंडा – बामगती प्रदेश सभाको बैठक भदौ १७ गते १ बजे बस्ने निर्णय भएको छ । मंगलबार (आज) बसेको प्रदेशको मन्त्रिपरिषदको बैठकले भदौ १७ गते १ बजे प्रदेश सभाको बैठक आव्हान गर्ने निर्णय गरेको हो ।
त्यस्तै बिना विभागीय मन्त्री रामकृष्ण चित्रकारलाई उद्योग, बाणिज्य, भूमि तथा प्रशासन मन्त्रालयको जिम्मेवारी दिने निणर्य गरिएको आन्तरिक मामिला तथा कानून मन्त्री तथा प्रवक्ता गंगानारायण श्रेष्ठले जानकारी दिए ।
मन्त्री चित्रकारले बिना विभागीय मन्त्रीको सपथ लिएको तीन महिनापछि मन्त्रालयको जिम्मेवारी पाएका हुन् । मुख्यमन्त्री शालिकराम जम्कट्टेलले गत जेठमा मन्त्रीपरिषद विस्तार गर्दा उनी मन्त्री बनेका थिए । उनीले जेष्ठ ७ गते आइतरबार विना विभागिय मन्त्रीको रुपमा सपथ लिएका थिए ।
यस प्रदेशमा अब १२ वटा मन्त्रालयहरु रहनेछन् ।मन्त्रालयको नामावलीहरुः–

त्यस्तै बागमती प्रदेश सरकार (कार्य विभाजन) नियमावली, २०८०, प्रदेश आन्तरिक पर्यटन काज सम्बन्धी मापदण्ड, २०८०, प्रदेश विपद् व्यवस्थापन परिचालन कोष कार्यविधि र ज्यान जोखिममा परेका गर्भवती तथा सुत्केरी महिलाहरुको लागि निःशुल्क हवाई उद्वार सेवा सम्बन्धी कार्यविधि, २०८० स्वीकृति प्रदान गर्ने निर्णय गरेको प्रवक्ता श्रेष्ठले जानकारी दिए ।
त्यस्तै बैठकले सिन्धुपाल्चोकको बलेफी गाउँपालिकाको वडा सङ्ख्या तथा सिमाना हेरफेरका लागि नेपाल सरकारमा पठाउने निर्णय गरेको छ ।
त्यसैगरी प्रदेश सञ्चार माध्यम व्यवस्थापन ऐन, २०७५ लाई संशोधन गर्न बनेको बिधेयक, प्रदेश स्वास्थ्य सेवा ऐन, २०७५ लाई संशोधन गर्न बनेको विधेयक, प्रदेश सरकारी कामकाजको भाषा सम्बन्धमा व्यवस्था गर्न बनेको विधेयक, प्रदेश कृषि विकास सम्बन्धमा व्यवस्था गर्न बनेको बिधेयक र विज्ञान, प्रविधि, नवप्रवर्तन तथा विकास कोष सञ्चालन विधेयक प्रदेश सभामा पेश गर्न स्वीकृति प्रदान गर्ने निर्णय गरेको प्रवक्ता श्रेष्ठले जानकारी दिए ।
निर्णयहरु:-
