प्रहर खबर
 २०८३ श्रावण ८, शुक्रवार    

मकवानपुरमा गुड्दै गरेको सुमोमाथि ढुङ्गा खसेपछि...

२०७९ जेठ ८, आईतबार ०७:०० बजे

हेटौंडा – मकवानपुरमा गुड्दै गरेको सुमोमाथि ढुङ्गा खसेको छ । हेटौंडा–भिमफेदी–काठमाडौं सडक अन्तर्गत भीमफेदी गाउँपालिका वडा नंबर ४ गोल्फीङवेसीमा हेटौंडाबाट काठमाडौं जानेक्रममा सुमोमाथि ढुङ्गा खसेको हो ।

ढुङ्गा खसेर लाग्दा ना १ ज ७३४० नंबरको सुमोमा क्षति पुगेको छ । ढुङ्गा खस्दा सुमो चालक सहित केहि यात्रु सामान्य घाईते भएका छन् । सडक फराकिलो पार्ने क्रममा फोरिएको पाहाडबाट अचानक ढुंगा खसेपछि दुर्घटना भएको जनाईएको छ ।