काठमाडौं – जुम्लामा नेपाली सेनाका प्रमुख सेनानी मृत अवस्थामा फेला परेका छन् ।
२४ नम्बर बाहिनीमा कार्यरत प्रमुख सेनानी अञ्जन रूपाखेती मृत अवस्थामा फेला परेको जिल्ला प्रहरी कार्यालयका प्रमुख प्रहरी नायब उपरीक्षक नरेन्द्र चन्दले जानकारी दिए ।
सोमबार बिहान चिया खाने समयमा सहयोगीले चिया लिएर जाँदा रूपाखेती मृत अवस्थामा भेटिएका थिए ।