प्रहर खबर
 २०८३ कार्तिक ३, सोमवार    

मनाङ मर्स्याङ्दी क्लबको नयाँ टिम घोषणा

२०७९ पौष १९, मंगलबार ०७:३८ बजे

काठमाडौं – मनाङ मर्स्याङ्दी क्लबले नयाँ टिम घोषणा गरेको छ । मनाङले मंगलबार एक विज्ञप्ति निकाल्दै नयाँ टिम घोषणा गरेको हो ।

एडिभिजन लिग नजिकिसंगै मोसफलका प्रतियोगितामा सहभागिता जनाउँदै आएको मनाङले मनाङले टोली घोषणा गरेको हो । मनाङले आज २२ औं संस्करणको आहा १ रारा पोखरा गोल्डकपमा अमेरिकाको भुटनीज युथ सकर क्लबबिरुद्ध खेल्दैछ ।

मनाङले सहिद स्मारक 'ए' डिभिजन लिग नयाँ सिजनका लागि युवा खेलाडीलाई अनुबन्ध गरेको बताईएको छ ।मनाङले नयाँ सिजनको लिगका लागि युवा र उमेर समूहको राष्ट्रिय टिममा उत्कृष्ट प्रर्दशन गरेका खेलाडीलाई अनबुन्ध गरेको जनाएको छ ।

मनाङले घोषणा गरेको टोलीमा दिप कार्की, जियारत शेख, आशिष गुरुङ, चेतनकुमार थारु, सरोज योञ्जन लामा, मानबहादुर तामाङ, रनदीप पौडेल, सुमित श्रेष्ठ, जय गुरुङ, कमल थापा, विजय श्रेष्ठ, बिसन गुरुङ, रमेश थापा, प्रशान्त श्रेष्ठ, निराजन मल्ल र रोशन राना मगर छन् ।

मनाङले मुख्य प्रशिक्षकमा किरण श्रेष्ठ र गोलकिपर प्रशिक्षकमा प्रविन श्रेष्ठलाई अनुबन्ध गरिसकेको छ । युवा खेलाडी सम्मलित मनाङले आगामी लिगमा बलियो चुनौती दिने क्लबले विश्वास लिएको छ ।

ए' डिभिजन लिग फागुन १९ गतेबाट सुरु हुँदैछ । मनाङले एडिभिजन लिगको उपाधि आठ पटक जितेको छ ।