काठमाडौं – कास्कीको मादी गाउँपालिका वडा नम्बर १ सिक्लेसस्थित एक घरमा आगलागी हुँदा एक जनाको मृत्यु भएको छ । मृत्यु हुनेमा कास्कीको मादी गाउँपालिका वडा नम्बर १ का निवर्तमान वडाध्यक्ष ७१ वर्षीय सुरज गुरुङ रहेका छन् ।
घरमा लागेको आगोको कारण गुरुङको मृत्यु भएको जिल्ला प्रहरी कार्यालय कास्कीका प्रवक्ता प्रहरी निरीक्षक ज्ञानबहादुर खड्काले जानकारी दिए । घरमा आगलागी कसरी भयो ? अनुसन्धान भइरहेको उनले बताए। उनका अनुसार आगलागीका कारण दुई घर जलेर नष्ट भएको छ।