हेटौंडा – हेटौंडा उपमहानगरपालिकाको मतगणना जारी छ । पछिल्लो अपडेट अनुसार उपमहानगरपालिको २ हजार ५० मत गणना भएको छ ।
गठबन्धनबाट एकिकृत समाजवादीकी मिना लामाले ६१९ मत सहित अग्रता लिएकी छन् । उनलाई पछ्याउँदै नेकपा एमालेका उम्मेद्वार अनन्त पौडेल छन् । उनले ६०० मत प्राप्त गरेका छन् । अर्का उम्मेदवार राप्रपाबाट दिपक सिंहले ५७० मत ल्याएका छन् ।
त्यस्तै उपमेयरमा कांग्रेसका राजेश बाँनीयाले ९०३,एमालेकी सुमित्रा काफ्लेले ७२४ र राप्रपाकी इन्दीरा न्यौपानेले १५४ मत ल्याएकी छन् ।