प्रहर खबर
 २०८३ श्रावण ३, आइतवार    

बागमतीमा एकैदिन चार जनाको मृत्यु

२०८० जेठ १४, आईतबार ०३:११ बजे

हेटौंडा – बागमती प्रदेशमा शनिबार एकैदिन चार जनाको मृत्यु भएको छ । धादिङ दुई, मकवानपुर र नुवाकोट एक/एक जनाको मृत्यु भएको बागमती प्रदेश प्रहरी कार्यालय, हेटौंडाले जनाएको छ । 

धादिङ गजुरी गाउँपालिका–८, सल्लेघट्टे खोलास्थित स्थानीय अन्दाजी ११ वर्षीय संदिप तामाङ र गजुरी गाउँपालिका–५, गजुरीस्थित त्रिशुली नदीको किनारामा हाल नामथर वतन नखुलेको अन्दाजी ५०र५२ वर्षीय पुरुष व्यक्तिको मृत फेला परेका हुन् । 

मकवानपुरको मनहरी गाउँपालिका वडा नं.९ स्थित रजैयामा बसमा सवार यात्रुको हात चुँडिएर मृत्यु भएको छ । मृत्य हुनेमा अन्दाजी ३० बर्षीय पुरुष रहेका छन् । उनको पहिचान खुलेको छैन ।

शनिबार बिहान बसको सिटमा बसेर झ्यालबाट हात बाहिर निकाल्दा अर्कोतिरबाट आएको ट्रकले च्याप्दा ती पुरुषको पाता भन्दामुनिको भाग चुँडिएको छ भने निधारमा चोट लागेको थियो । हेटौंडातर्फबाट चितवनतर्फ जाँदै गरेको ग १ क २२९७ नम्बरको मिनि ट्रकले बिपरित दिशाबाट आउदै गरेको बा ३ ख ८३९४ नम्बरको बसमा आपसमा सडक क्रस गर्ने क्रममा च्यापिएर ती पुरुषको हात चुँडिएको हो ।

नुवाकोटको तार्केश्वर गाउँपालिका–३, बदेली स्थित बस्ने २१ वर्षीया सुमित्रा मझकोटी मृत भेटिएका छन् । उनी घर नजिकै बारीमा रहेको खस्रेटाको रूखमा प्लाष्टिकको डोरीले पासो लगाएर झुण्डिएको अवस्थामा मृत भेटिएको प्रहरीले जनाएको छ ।