प्रहर खबर
 २०८३ श्रावण ३, आइतवार    

मकवानपुरमा वर्षाले एक घर भत्कियो, साँढे ७ लाखको क्षति

२०८० भाद्र १२, मंगलबार ०५:३७ बजे

हेटौंडा – मकवानपुरको बकैंया गाउँपालिका वडा नं.१२ धेद्रेगाउँमा बर्षाका कारण घर भत्किएको छ ।

बागमती प्रदेश प्रहरी कार्यालय हेटौंडा अनुसार आइतबार राति बर्षाको कारण स्थानीय अक्कल स्याङतानको कच्ची घर भत्किएको हो ।

घर भत्किदा घरभित्र रहेको अन्नपात लगायतका जिन्सी सामाग्रीहरु गरी करिब ७ लाख ५० हजार रुपैँया बरारको क्षति भएको प्रहरीले जनाएको छ ।

मानबिय र चौपाय क्षति भएको नभएको प्रहरीको भनाई छ ।

सांकेतिक तस्वीर