प्रहर खबर
 २०८३ श्रावण ३, आइतवार    

बागमती प्रदेशका मुख्यमन्त्रीले आज विश्वासको मत लिने

२०७९ माघ ३, मंगलबार ०३:०२ बजे

हेटौंडा – बागमती प्रदेशका मुख्यमन्त्री शालिकराम जम्मकट्टेलले आज मंगलबार विश्वासको मत लिँदैछन्। प्रदेशसभा सचिवालयका अनुसार मुख्यमन्त्री जम्मकट्टेलले मंगलबार दिउँसो साढे १२ बजे विश्वासको मत लिने कार्यसूची छ।

माओवादी केन्द्रका नेता जम्मकट्टेल पुस २५ गते मुख्यमन्त्रीमा नियुक्त भएका थिए । उनले पद तथा गोपनीयताको शपथ पनि लिईसकेका छन् । ७० जना सांसदको समर्थनमा प्रदेश प्रमुख यादवचन्द्र शर्माले माओवादी केन्द्रका संसदीय दलका नेता जम्मकट्टेललाई मुख्यमन्त्रीमा नियुक्त गरेका थिए।

उनी प्रदेशसभाको पाँच दलको समर्थनमा मुख्यमन्त्री बनेका थिए । उनलाई मुख्यमन्त्रीमा नेकपा एमालेको २७, माओवादी केन्द्रको २१, राप्रपाको १३, नेकपा एकीकृत समाजवादीको सात र हाम्रो नेपाली पार्टीको २ सांसद गरि ७० जनाको समर्थनमा मुख्यमन्त्री बनेका हुन् ।

यसैगरी, कांग्रेसको ३७ र नेमकिपाको तीन जना प्रदेश सभा सदस्य छन् ।बागमती प्रदेशसभामा १ सय १० सदस्य छन्।