प्रहर खबर
 २०८३ जेष्ठ २१, बिहीवार    

अरिंगालको टोकाईबाट ८ वर्षीया बालिकाको ज्यान गयो

२०७९ भाद्र १६, बिहीबार १५:३२ बजे

काठमाडौं – अरिंगालले टोकेर एक बालिकाको मृत्यु भएको छ। बझाङ थलारा गाउँपालिका –७ की ८ वर्षीया छोरी करिस्मा सुनारको अरिंगालले टोकेर मृत्यु भएको हो।


बिहीबार बिहान अरिंगालको गोलो घरभित्र पस्दा उनी आक्रमणमा परेकी थिइन्। उपचारका क्रममा अस्पतालमा उनको मृत्यु भएको प्रहरीले जनाएको छ।घरका अन्य दुई सदस्य पनि अरिंगालको टोकाइबाट घाइते भएका छन्। उनीहरूको जिल्ला अस्पताल बझाङमा उपचार भइरहेको प्रहरीले जनाएको छ।