हेटौंडा – वर्षासँगै आएको पहिरोका कारण हेटौंडा–भिमफेदी–कुलेखानी–सिस्नेरी हुँदै काठमाडौं जोड्ने छोटो दुरीको मार्ग अवरुद्ध भएको छ ।
सो सडकखण्डमा पर्ने भिमफेदी गाउँपालिका भैसे बजारबाट करिब दुई किलोमिटरभित्र र इन्द्रसरोबर गाउँपालिकामा–३ रामचन्द्र भञ्ज्याङमा पहिरो खसेपछि सडक दुईतर्फी अवरुद्ध भएको भएको जिल्ला प्रहरी कार्यलय मकवानपुरका प्रवक्ता प्रहरी निरीक्षक रामचन्द्र घिमिरेले जानकारी दिए ।
प्रहरी निरीक्षक घिमिरेका अनुसार कुलेखानी–सिस्नेरी तर्फ अन्दाजी १० मिटर सडकमा पहिरो खसेको छ भने भैसे–भिमफेदी तर्फ प्रहरीको टोली जाँदै गरेकोले पहिरोको बिस्तृत विवरण आउँन बाँकी छ ।
काठमाडौंबाट आएका सवारी सुमो, जीप, कार, मोटरसाइकल लगायतका सवारी सडकमै रोकिएका छन् । दुबै स्थानको पहिरो हटाउनको लागि पहल भइरहेको प्रवक्ता घिमिरेले बताए ।
वर्षा लागेसँगै सो क्षेत्रमा पहिरो खसेर सडक अवरुद्ध हुँदै आएको छ । यसअघि सोही स्थान आसपासमा पहिरो खस्दा सवारी आवागमन प्रभावित भएको थियो ।
फाइल तस्बिर