प्रहर खबर
 २०८३ श्रावण ३, आइतवार    

मकवानपुरमा सुमो र ट्रक आपसमा ठोक्कियो

२०८० माघ ७, आईतबार १७:१६ बजे

हेटौंडा – कान्तिलोकपथ सडकखण्ड अन्तर्गत मकवानपुरगढी गाउँपालिका वडा नं.२ स्थित गढीदबारमा शनिबार सुमो र मिनी ट्रक एकआपसमा ठोक्किँदा ६ जना घाइते भएका छन् । हेटौंडाबाट काठमाडौं तर्फ जादै गरेको ना १ ज ६४०४ नम्बरको सुमोलाई बिपरित दिशाबाट आउदै गरेको बा.५ ख ८५९१ नम्बरको मिनी ट्रकले ठक्कर दिँदा ६ जना घाइते भएको बागमती प्रदेश प्रहरी कार्यालय हेटौंडाले जनाएको छ ।

घाइते हुनेहरुमा सुमो चालक हेटौंडा–२ बस्ने ३७ बर्षीय ओम कुमार गुरूङ, सुमोमा सवार हेटौंडा–१३ पदमपोखरी बस्ने ५७ बर्षीय सुर्य बहादुर पाख्रिन,हेटौंडा–१९ नेवारपानी बस्ने ३४ बर्षीय राम सिं मोक्तान, हेटौंडा–३ बसामाडी बस्ने ५७ बर्षीया बिष्णु मायाँ मोक्तान, हेटौंडा–३ बसामाडी ३९ बर्षीया सरस्वती ब्लोन, हेटौंडा–१२ पदमपोखरी बस्ने ६१ बर्षीया मायाँ देवी स्याङतान रहेका छन् ।

प्रहरीका अनुसार घाइते भएका सबै जना उपचारपछि डिस्चार्ज भएका छन् भने दुबै सवारी प्रहरीको नियन्त्रणमा रहेको छ ।