प्रहर खबर
 २०८३ श्रावण ३, आइतवार    

शिक्षक दौडमा चौलागाई र शिक्षिका स्लो स्कुटीतर्फ थिङ प्रथम

२०७९ माघ १६, सोमबार १२:०४ बजे

हेटौंडा – सहिद दिवस २०७९ को अवसरमा हेटौंडा उपमहानगरपालिका ४ को आयोजित जिल्ला स्तरीय पुरूष शिक्षक दौड र महिला शिक्षक स्लो स्कुटी रेस प्रतियोगिता सम्पन्न भएको छ ।

प्रतियोगितामा शिक्षक दौडतर्फ भानु माविका मकवानपुरगढीका मुकेश चौलागाई प्रथम भएका छन् । तासिर इङ्लिश बोर्डिङ स्कुल हेटौंडाका सन्दिप बस्नेत द्वितीय, प्राथमिक मावि भिमफेदीका विश्व लामा तृतीय हुँदा बाघभैरब मावि बकैयाका बलराम राई र भिम बोर्डिङ इङ्लिस स्कुल गढीका आशिष घलानले सान्तोना प्राप्त भए ।

त्यस्तै शिक्षिका स्लो स्कुटी प्रतियोगितामा भृकुटी मावि हेटौंडाकी सिर्जना थिङ प्रथम भइन् । तासिर इङ्लिश बोर्डिङ स्कुल हेटौँडाकै एन्जिला रिजाल द्वितीय, आधुनिक राष्ट्रिय मावि, हेटौडाकी देवमाया पाठक तृतीय भईन् ।

३ किलोमिटर दौड र स्लो स्कुटी प्रतियोगीतामा प्रथम, द्वितीय, तृतीय र सान्तोना हुनेले क्रमशः ७ हजार, ५ हजार, ३ हजार, १ हजार रूपैयाँ र प्रमाणपत्र प्राप्त गरेका छन् । उनीहरुलाई हेटौंडा–४ का वडा अध्यक्ष तथा कार्यक्रमका बिशेष अतिथी नविन सिग्देलले प्रमाणपत्र र पुरस्कार वितरण गरेका थिए । प्रतियोगिताको बागमती प्रदेश सरकार श्रम रोजगार तथा यातायात मन्त्री एकलाल श्रेष्ठले गरेका थिए ।