प्रहर खबर
 २०८३ श्रावण ३, आइतवार    

राप्तीमा डुबेर न्यौपानेको मृत्यु

२०७९ फाल्गुन ३, बुधबार १०:३१ बजे

हेटौंडा – चितवनको रत्ननगर नगरपािलका–७ बद्रेनीस्थित राप्ती नदीमा डुबेर एक युवाको मृत्यु भएको छ । मृत्यु हुनेमा भरतपुर महानगरपालिका–११ का ३१ वर्षीय प्रसन्न न्यौपाने रहेका छन् ।

न्यौपानेको शव आज बिहान १०ः३० बजे नदीमा डुवेको अवस्थामा माझीहरुले देखेका थिए । घटनाका बारेमा इलाका प्रहरी कार्यालयको टोलीले अनुसन्धान सुरु गरेको प्रहरी कार्यालयका प्रवक्ता प्रहरी नायब उपरीक्षक विजयराज पण्डितले जानकारी दिए ।

उनका अनुसार शवपरीक्षणका लागि भरतपुर अस्पताल लगिएको छ ।