हेटौंडा – मकवानपुरको हेटौंडा उपमहानगरपालिका वडा नं.१० लिलखुस खाजाघरबाट लागुऔषध अफिम सहित २ जना पक्राउ परेका छन् ।
पक्राउ पर्नेमा थाहा नगरपालिका–८ बस्ने बर्ष ५४ का तेज बहादुर थिङ र थाहानगर–११ घर भई हाल हेटौंडा उपमहानगरपालिका–२ मा डेरा गरि बस्ने बर्ष ४३ का शरण लामा रहेका छन् ।
विशेष सुचनाको आधारमा इलाका प्रहरी कार्यालय पशुपतिनगर मकवानपुर र लागुऔषध नियन्त्रण ब्यूरो शाखा कार्यालय पर्साबाट खटिएको टोलीले शनिबार दिउँसो ३ बजेको समयमा पक्राउ गरेको हो ।
उनीहरुले बोकेको झोलामा चेकजाँच गर्दा २ किलो लागुऔषध फेला परेको जिल्ला प्रहरी कार्यालय मकवानपुरले जनाएको छ । दुबै जनालाई नियन्त्रणमा लिएर थप अनुसन्धान भइरहेको बताइएको छ ।