प्रहर खबर
 २०८३ श्रावण ३, आइतवार    

राष्ट्रपति भण्डारीले गरिन् हेटौंडा अस्पतालको भवन उद्घाटन

२०७९ फाल्गुन ९, मंगलबार ०७:३१ बजे

हेटौंडा – राष्ट्रपति विद्यादेवी भण्डारीले मदन भण्डारी स्वास्थ्य विज्ञान प्रतिष्ठान, हेटौंडा अस्पतालको नवनिर्मित भवनको उद्घाटन् गरेकी छन् । आज मंगलबार एक औपचारिक समारोहको आयोजना गरी राष्ट्रपति भण्डारीले भवनको उद्घाटन गरेकी हुन्।

अस्पतालको तीन तले भवन संघीय सरकारको ३५ करोड ३२ लाख रुपियाँको लागतमा २०७९ मा असोजमा भवन निर्माण सम्पन्न भएको थियो । निर्माण कम्पनीले मदन भण्डारी स्वास्थ्य विज्ञान प्रतिष्ठान, हेटौंडा अस्पताललाई हस्तान्तरण गरेको थियो ।

उक्त भवनमा हाल २०० शैयाको अस्पताल सञ्चालन भइरहेको छ । निर्माण सम्पन्न भएलगतै अस्पतालले नयाँ भवनबाट सेवा प्रवाह गर्दै आइरहेको पनि औपाचारिक रुपमा उद्घाटन भने भएको थिएन ।

राष्ट्रपति भण्डारीले स्वदेशमै गुणस्तरिय स्वास्य सेवा र सर्भसुलभ ढंगले प्रतिष्ठानले सेवा दिनेमा बिश्वास व्यक्त गरिन् । आम जनतालाई सबैसुलभ ढंगले सेवा दिन यस प्रतिष्ठानको महत्वपूर्ण भुमिका हुने उनले बताइन् । जननेता मदन भण्डारीको नामबाट स्थापित यस अस्पतालले स्वास्थ्य उपचारमा राम्रो काम गरेको उनले बताइन् ।

स्वस्थ व्यक्तिबाट मात्र उत्कृष्ट समाज निर्माण हुने बताउँदै राष्ट्रपति भण्डारीले गुणस्तरिय सेवालाई आम नागरिक पुर्याउनु राज्यको दायित्व भएको बताइन् । संघीयताको अवधारणा अनुसार मुलुकका सबै प्रदेशलाई सुविधा सम्पन्न बनाउनु आजको आवश्यकता रहेको बताइन् । संघीयताको अवधारणा अनुरुप हेटौंडा र आसपासका क्षेत्रबाट आउने बिरामीको सेवा र विद्यार्थीहरुको शिक्षामा मदन भण्डारी स्वास्थ्य विज्ञान प्रतिष्ठानले विशेष पहल थालनी गर्नुपर्नेमा जोड समेत दिइन् ।

कार्यक्रममा बागमती प्रदेशका मुख्यमन्त्री शालिकराम जम्मकट्टेल, पूर्व मुख्यमन्त्री डोरमणि पौडेल, स्वास्थ्य मन्त्री रामेश्वर श्रेष्ठ लगायतकाले आफ्ना धारणा राखेका थिए । प्रतिष्ठानका उपकुलपति डाक्टर बिश्वराज जोशीको अध्यक्षतामा भएको कार्यक्रममा प्रदेश प्रमुख यादव चन्द् शर्मा, प्रदेशका मन्त्रीहरु, सांसदहरु, प्रदेशका सचिबहरु, कर्मचारीहरु लगायतकाको आतिथ्यता रहेको थियो ।