प्रहर खबर
 २०८३ श्रावण ४, सोमवार    

हेटौंडाको बुद्धचोकमै धर्नामा बसेका पीडितमाथि हातपात

२०७९ मंसिर ११, आईतबार ०९:४७ बजे

हेटौंडा – आफ्नो दृष्टिबन्धकी जग्गा फिर्ता माग गर्दै धर्नामा बसेका समुहलाई पीडक पक्षले अवरोध गरेका छन् । हेटौंडाको बुद्धचोकमा पिडक नियमराज शाक्यका समुहले पीडित जगत बहादुर सुनारसहितको समुहलाई दुब्यवहार गरेको हो ।

जगत बहादुरको बन्धकी जग्गा फिर्ता गर्न माग गर्दै गत कार्तिक २९ गतेदेखि हेटौंडा–१ बुद्धचोकस्थित पिडक नियमराज शाक्यको घर अगाडी धर्ना दिदै आएका थिए । दशौँ दिनको दिन धर्ना दिने क्रममा नियमराज, उनका सालो रुपकराज बज्रचार्य सहितको समुहले दुब्र्यवहार गरेका हुन् ।

रुपकराजले धर्ना दिन बसेका पीडित जगत बहादुरलाई हातपात समेत गरेका छन् । रुपकराजले धर्ना दिएर आफ्नो बाटो अवरोध गरेको भन्दै धर्ना बसेकाहरुलाई हातपात गरेका हुन् ।

पीडित जगत बहादुरले आफुनो बाबु पदमलाल सुनारको नाममा हेटौंडा–१३ पदमपोखरीको ११ कठ्ठा १६ धुरजग्गा २५ बर्षअघि(२०५४ सालमा) नियमराजसंग दृष्टिबन्धकी राखेर ५० हजार रुपैयाँमा लिएका थिए । उक्त ऋण वापदको रकम र ब्याजसहितको रकम पटक–पटक फिर्ता गर्न खोज्दा नियमराजले लिन नमानेको जगत बहादुरले बताए ।

आफुले २०५९ सालदेखि ऋण वापदको रकम र ब्याज फिर्ता गर्न खोज्दा हालसम्म पैसा लिएर जग्गा फिर्ता नगरेको जगत बहादुर बताउँछन् । २० बर्षदेखि आफ्नो दृष्टिबन्धकी भनेर राखिएको जग्गा फिर्ता गर्न नसकेपछि सडकमा धर्ना दिनु परेको दुखेसो गरे ।  जगत बहादुरको न्यायको लागि धर्ना बसेको आज आइतबार १० औँ दिन भयो ।

यो पनि पढ्नुहोस् 

पहिलेको दृष्टि बन्धकी राजिनामा पास, सुनारलाई शाक्यले गरे विश्वास घात