प्रहर खबर
 २०८३ श्रावण ३, आइतवार    

मकवानपुरगढीमा क्रिकेटको सुरुवात

२०८० माघ २१, आईतबार ०८:१० बजे

हेटौंडा – राष्ट्रिय क्रीकेट टोलीको एकपछि अर्को सफलताले नेपालमा क्रिकेटको क्रज बढेको छ । अविभावकहरु मेरो सन्तानलाई क्रिकेट खेलाडी बनाउछु, म खेलाडी बन्छु भन्नेहरुको लर्को नै लागेको छ ।

सायद त्यसैको प्रभाव होला, राम्रो क्रीकेट खेलाडी उत्पादन गर्ने उटहुटी मकवानपुरगढी गाउँपालिकाका क्रिकेट प्रेमी युवाहरुलाई लागेको छ ।  क्रिकेट खेलाडी बन्न खोज्ने बालबालिकादेखि युवाहरुलाई सहयोग गर्ने उद्देश्यले सुवास अधिकारीको अध्यक्षतामा मकवानपुरगढी क्रिकेट क्लब गठन भएको छ।

शनिबार गठन गरिएको क्लबको उपाध्यक्षमा बिक्रम घिमिरे , सचीवमा रवीन्द्र बिक्रम सपकोटा र कोषाध्यक्षमा सुजन अधिकारी रहेका छन् । त्यस्तै क्लबको सदस्यहरूमा बिदुर हुमागाई, सुनिल पाख्रीन, अनिष न्यौपाने, सन्तोष न्यौपाने र राजन घिमिरे रहेका छन् ।

गठित समितिले मकवानपुरगढीको समग्र क्रिकेट विकासमा नेतृत्वदायी भुमिका खेल्नेमा खेलाडी बन्न चाहाने बालबालिकाहरु आशाबादी छन् ।मकवानपुरगढीमा क्रिकेट खेल्न मैदान छैन ।

खेलाडीलाई प्रशिक्षण गराउन र क्रीकेट खेल्न मिल्ने गरी मैदान निर्माणको लागि पहल गरिने अध्यक्ष अधिकारीले बताए । प्रशिक्षण पश्चात महिला/पुरुष दुबैको टिम तयार पारेर जिल्लामा आयोजना हुने क्रीकेट प्रतियोगिताहरुमा सहभागिता समेत गराईने उनले बताए ।