प्रहर खबर
 २०८३ श्रावण ४, सोमवार    

हेटौंडाको मुख्य राजमार्ग विस्तारको प्रक्रिया अघि बढ्यो, घरटहरा भत्काउन फेरि सूचना जारी

२०८० असार १०, आईतबार ०२:४९ बजे

हेटौंडा – सडक डिभिजन कार्यालय हेटौंडाले  हेटौंडा उपमहानगरपालिकाभित्रको मुख्य राजमार्ग विस्तारको प्रक्रिया अगाडि बढाएको छ ।   सडक डिभिजनल हेटौंडाले आइतबार ३५ दिने सुचना जारी गर्दै हेटौंडा उपमहानगरको हेटौंडा–बुद्धचोक–राप्तिपुलसम्म सडकको दायाँबायाँ २५–२५ गज भित्रको संरचना हटाउन आग्रह गरेको हो ।

सर्वोच्च अदालतले २०७८ असार १४ को आदेशले उक्त खण्डको सडक सीमासडक केन्द्रबाट २५–२५ गज (७५/७५ फिट) कायम गरेको थियो ।यसअघि २५–२५ मिटर सडक विस्तारको चर्चा थियो । सूचना प्रकाशित भएको मितिले ३५ (पैतिस) दिनभित्र २५–२५ गजसिमामा बनेका स्थायी र अस्थायी घर टहरा तथा अन्य संरचना भत्काउन भनेको छ ।

सम्बन्धित स्थानीय तह हेटौंडा उपमहानगरपालिका र सरोकारवाला नियकाललाई पनि २५–२५ गजभित्रको संरचना हटाउन सहयोगका लागि सुचनामार्फत अपिल समेत गरेको छ । सुचना कान्तिपुर दैनिकमा प्रकाशित छ । 

सूचनामा तोकिएको समयभित्र त्यस्ता संरचना सम्बन्धित धनीले नहटाए सडक डिभिजन आफैँले हटाउने जनाएको छ। संरचना हटाउँदा लाग्ने खर्चसमेत सम्बन्धित व्यक्ति वा संस्थाबाटै असूल गर्ने सूचनामा उल्लेख छ। 

यसअघि पटक–पटक सूचना प्रकाशित गरेपनि अतिक्रमित संरचना सडक डिभिजनले हटाउन सकेको थिएन । यसपटक सर्वोच्च अदालतले नै २५–२५ गज सडक विस्तार गर्न आदेश दिएको हुँदा सोही अनुसार प्रक्रिया अगाडि बढाईएको सडक डिभिजन हेटौंडाका प्रमुख राजेश कुमार यादवले बताए । ‘संरचना हटाउन सुचना जारी गरेका छौँ, जारी सुचना अनुसार नै हामी काम गछौँ,’  यादवले भने । 

सम्बन्धित समाचारहरु 

हेटौंडाको सडकमा सर्वोच्चको धक्का, नभत्किने भो २५ मिटर पक्का !

हेटौंडामा २५ मिटर सडक विस्तारमा जुहारी, क–कस्को छ कमजोरी ?

हेटौंडा–नारायणगढ सडक बिस्तार अभियान, घरटहरा भत्काउन फेरि सूचना जारी