प्रहर खबर
 २०८३ जेष्ठ २१, बिहीवार    

नेपालमा दुईजनामा ओमिक्रानको नयाँ प्रजाति ‘बीए५’ पुष्टि

२०७९ असार २२, बुधबार १२:०९ बजे

काठमाडौं – नेपालमा दुईजनामा ओमिक्रोनको उपप्रजातिका ‘बीए५’ भेरिएन्ट पुष्टि भएको छ ।

राष्ट्रिय जनस्वास्थ्य प्रयोगशालामा गरिएको ३२ वटा नमुनको जीन सिक्वेन्सिङ परीक्षण गर्दा दुईजनामा ओमिक्रोनको नयाँ उपप्रजाति ‘बीए५’ पुष्टि भएको मन्त्रालयको प्रवक्ता डा. संगीता मिश्राले जानकारी दिए ।

बाँकी २८ नमुनामा बीए प्वाइन्ट टू र दुईजनामा बीए प्वाइन्ट वान देखिएको छ । प्रयोग शालामा हरेक दुई हप्तामा जीन सिक्वेन्सिङ गर्ने गरेको डा. मिश्राले जानकारी दिए ।

बीए प्वाइन्ट फोर र बीए प्वाइन्ट फाइभ भेरियन्टका दुई नयाँ उपप्रजातिका कारण कोरोनाभाइरस सङ्क्रमण दर विश्वभर पुनः बढिरहेको छ ।

यो भाइरस सबैभन्दा पहिले दक्षिण अफ्रिकामा पहिलो पटक भेटिएको थियो । यो भेरियन्ट छिमेकी देश भारतसहित अधिकांश युरोपेली देशहरू, अमेरिका, अस्ट्रेलिया र अफ्रिकामा पुष्टि भएको छ ।

विश्व स्वास्थ्य सङ्गठन डब्ल्यूएचओले उक्त उपप्रजातिहरूलाई मार्च महिनामा चिन्ताजनक भाइरस भन्दै निगरानीको सूचीमा राखेको थियो ।