प्रहर खबर
 २०८३ श्रावण ३, आइतवार    

पत्रकार महासंघको ६७ औं स्थापनामा हेटौंडामा प्रभातफेरी

२०७८ चैत्र १६, बुधबार ०४:३८ बजे

हेटौंडा – नेपाल पत्रकार महासंघ स्थापनाको ६७औं स्थापना दिवसका अवसरमा हेटौंडामा प्रभातफेरी कार्यक्रम गरिएको छ । पत्रकार महासंघ मकवानपुर साखाको आयोजनामा हेटौंडामा प्रभातफेरी कार्यक्रम गरिएको हो । प्रभातफेरीको र्याली हेटौंडाको सिमाचाकबाट सुरु भइ, बुद्धचोक, मकवानपुर उद्योग बाणिज्यसंघ हुँदै फेरी बुद्धचोकमा आएर समापन गरिएको थियो ।

कार्यक्रममा पत्रकार महासंघ मकवानपुरका अध्यक्ष मणिराज गौतम, नेपाल पत्रकार महासंघ बागमती प्रदेशका निवर्तमान अध्यक्ष प्रताप विष्ट, उपाध्यक्ष रुपेश दुलाल, महासचिब कृष्ण सारु मगर, पत्रकार महासंघ मकवानपुरका पूर्व अध्यक्षहरु राममणि दाहाल, भानुभक्त आचार्य, हरि हुमागाई लगायतकाको सहभागिता रहेको थियो ।