प्रहर खबर
 २०८३ श्रावण ३, आइतवार    

हेटौंडामा करेन्ट लागेर बिधुत प्राबिधिकरणमा कार्यरत कर्मचारी घाइते

२०७९ भाद्र २८, मंगलबार १३:५६ बजे

हेटौंडा – नेपाल बिधुत प्राबिधिकरण हेटौंडा बितरण केन्द्र भुटनदेबीमा कार्यरत एक कर्मचारी करेन्ट लागेर घाइते भएका छन् ।

हेटौंडा उपमहानगरपालिका–४ हुप्राचौरस्थित बिजुलीमा करेन्ट लागेर हेटौंडा–८ कमाने बस्ने ४६ वर्षीय शम्भु थापा घाइते भएको जिल्ला प्रहरी कार्यालय मकवानपुरका डिएसपी टेक बहादुर कार्कीले बताए ।

कार्कीका अनुसार पोलमा बत्तिको काम गर्ने क्रममा एक्कासी करेन्ट लागेर लडेका थापाको टाउको र दाहिने खुट्टमा चोट लागेको छ । उपचारको लागि चितवन मेडिकल कलेज भरतपुर लगिएको उनले बताए ।