काठमाडौं – पौडी खेल्ने क्रममा नदीमा डुबेर एक बालकको मृत्यु भएको छ । पाल्पाको माथागढी–३, अगहनी बस्ने १५ वर्षीय योगेश सुनारीको पौडी खेल्ने क्रममा तिनाउ नदीमा डुबेर मृत्यु भएको हो ।
दमकडा माध्यमिक विद्यालयको कक्षा १० मा अध्ययनरत सुनारी सोमबार साँझ ६ बजेतिर साथीहरूसँगै तानसेन–९, र माथागढी–३, को सिमाना पर्ने तिनाउ नदीमा पौडी खेल्न गएका थिए ।
पौडी खेल्ने क्रममा डुबेर गम्भीर भएका सुनारीलाई उपचारका लागि तानसेनस्थित लुम्बिनी मेडिकल कलेज प्रभासमा ल्याइएको थियो । सुनारीको उपचारको क्रममा गएराति मृत्यु भएको जिल्ला प्रहरी कार्यालय पाल्पाले जनाएको छ ।