हेटौंडा – जिपको ठक्करबाट एक जनाको मृत्यु भएको छ । सर्लाहीको हरिवन नगरपालिका ४ लखन्देही पुल नजिक सोमबार साँझ जिपको ठक्करबाट मोटरसाइकल चालकको मृत्यु भएको हो ।
मृत्यु हुनेमा अन्दाजी ३२ वर्षीय युवक रहेका छन् । उनको सनाखत हुन बाँकी छ । गम्भीर घाइते भएका उनको उपचारका क्रममा सरस्वती अस्पताल हरिवनमा मृत्यु भएको प्रहरीले जनाएको छ ।
प्रदेश २–०३–००१ च १९२४ नम्बरको जिपले हिजो साँझ सवा ६ बजे ज ५ प ७६५५ नम्बरको मोटरसाइकललाई ठक्कर दिएको थियो । दुबै सवारी साधन र जिप चालकलाई इलाका प्रहरी कार्यालय हरिवनले नियन्त्रणमा लिएको छ ।