प्रहर खबर
 २०८३ श्रावण ३, आइतवार    

हेटौंडाका लामा पक्राउ

२०८० असार २६, मंगलबार १२:१६ बजे

हेटौंडा – मकवानपुर हेटौंडा उपमहानगरपालिका वडा नंं. १५ रातोमाटे चेकप्वाईन्टबाट लागुऔषध सहित एक जना पक्राउ परेका छन् । पक्राउ पर्नेमा हेटौंडा उपमहानगरपालिका वडा नं.१४ बदेलधाप बस्ने २४ बर्षीय किरण लामा रहेका छन् ।

पुर्व पश्चिम सडकखण्डमा सोमबार साँझ चुरियामाईबाट हेटौंडा बजारतर्फ पैदल आउँदै गरेको लामालाई शंका लागेर चेकजाँच गर्दा उनको साथबाट ट्रामाडोल क्यापसुल २७ वटा फाईल २७० ट्याबलेट बरामद गरिएको जिल्ला प्रहरी कार्यालय मकवानपुरका प्रहरी नायव उपरीक्षक टेक बहादुर कार्कीले बताए । उनलाई नियन्त्रणमा लिएर अनुसन्धान भइरहेको उनले बताए ।