काठमाडौं – पहिरोले पुरिएर एकै परिवारका सासु बुहारीको मृत्यु भएको छ । ताप्लेजुङको सिरिजङ्घा गाउँपालिका–७ खेबाङमा गएराति घर माथिबाट झरेको पहिरोले पुरिएर सासुबुहारीको मृत्यु भएको हो ।
पहिरोले पुरिएर सासु तुलसा अधिकारी र बुहारी यसोधा अधिकारीको मृत्यु भएको सिरिजङ्घा गाउँपालिकाका उपाध्यक्ष डा. चित्र माबोले जानकारी दिए । उनका अनुसार मृतक दुवैजनाको सव शुक्रबार बिहान स्थानीयले पहिरोले पुरिएको अवस्था फेला पारेको थियो ।
मृतक यसोधाका श्रीमान अर्थात तुलसाको छोरा विष्णु अधिकारी भागेर ज्यान बचाउन सफल भएका छन् । घटनास्थलमा लाका प्रहरी कार्यालय तेल्लोकबाट प्रहरी टोली जादै गरेको बुझिएको छ । प्रहरी टोली घटनास्थल पुगेपछि मात्र विस्तृत विवरण आउने प्रहरीले जनाएको छ ।
तस्बिर गुगलबाट