प्रहर खबर
 २०८३ श्रावण ४, सोमवार    

मकवानपुरमा १६ बर्षीय किशोर मृत भेटिए

२०७९ जेठ १८, बुधबार १४:५७ बजे

हेटौंडा – मकवानपुरको मनहरी गाउँपालिकाको वडा नंबर ६ को सुनाचुरी ब्यारेक नजिकै एक किशोर मृत अवस्थाम भेटिएका छन् । स्थानीय १६ वर्षीय सुरेश लामाको शव बुधबार दिउँसो फेला परेको जिल्ला प्रहरी कार्यालय मकवानपुरका प्रहरी प्रवक्ता टेक बहादुर कार्कीले जानकारी दिए ।

प्रवक्ता कार्कीक अनुसार मृतक किशोर तीन देखि बेपत्ता थिए । शवलाई पोष्टमार्टमका लागि हेटौंडा अस्पताल ल्याईएको छ । घटनाको आवश्यक अनुसन्धान भईरहेको उनले बताए ।