प्रहर खबर
 २०८३ श्रावण ३, आइतवार    

हेटौंडा रातोमाटेबाट भोलान र तामाङ पक्राउ

२०८० श्रावण १८, बिहीबार १४:०८ बजे


हेटौंडा – मकवानपुरको हेटौंडा उपमहानगरपालिका वडा नं.१५ रातोमाटे चेक प्वाइन्टबाट लागुऔषध गाँजा सहित दूई जना पक्राउ परेका छन् । पक्राउ पर्नेमा सिन्धुली हरियरपुर गाउँपालिका– ३ नयाँ बस्ति बस्ने ३० बर्षीय बुद्ध बहादुर भोलान र सोही स्थान बस्ने ३० बर्षीय लाल बहादुर तामाङ रहेका छन् ।

पूर्वपश्चिम राजमार्ग अन्तर्गत विहिबार हेटौंडाबाट वीरगञ्जतर्फ जाँदै गरेको बा.४ ख २१९१ नम्बरको यात्रुबहाक बसमा सवार भोलन र तामाङलाई ६ किलो ५०० ग्राम लागुऔषध गाँजा सहित पक्राउ गरिएको जिल्ला प्रहरी कार्यालय मकवानपुरका प्रवक्ता एवम् प्रहरी नायव उपरीक्षक टेक बहादुर कार्कीले बताए ।

गाँजासहित दुबै जनालाई नियनत्रणमा लिएर अनुसन्धान भइरहेको प्रहरीले जनाएको छ ।