प्रहर खबर
 २०८३ श्रावण ४, सोमवार    

बसपार्क नजिकै नवजात शिशुको शव भेटियो

२०७९ मंसिर २८, बुधबार १५:५३ बजे

काठमाडौं – पाल्पाको रामपुर नगरपालिका–५ बसपार्क नजिकै नवजात शिशुको शव भेटिएको छ । रामपुर बसपार्क नजिकै रहेको रामपुरफाँटको नहरमा बुधबार नवजात शिशु मृत भेटिएको जिल्ला प्रहरी कार्यालयले जनाएको छ ।

नवजात शिशु बालिका रहेकी छिन् । नहरमा नवजात शिशुको शव देखेपछि स्थानीयले प्रहरीलाई खबर गरेका थिए । घटनाको विषयमा थप अनुसन्धान भइरहेको प्रहरीले जनाएको छ ।