प्रहर खबर
 २०८३ श्रावण ३, आइतवार    

सडक उद्घाटन गर्दै पुर्वमुख्यमन्त्री पौडेलले भने– मुलुकको समृद्दि र विकास एमालेले मात्र गर्छ

२०७८ चैत्र २२, मंगलबार ०७:४७ बजे

हेटौंडा – बागमती प्रदेश सरकारको लगानीमा बनेको हेटौंडा ६ हात्तिलेट रामनगर जोड्ने भानु मार्गको उद्घाटन गरिएको छ । एक किलोमिटर लम्बाई रहेको भानु मार्ग रामनगर–माथिल्लो हात्तिलेट सडकको आज बागमती प्रदेशका पहिलो मुख्यमन्त्री डोरमणि पौडेलले उद्घाटन गरेका हुन् ।

सडकको उद्घाटन गर्दै पहिलो मुख्यमन्त्री पौडेलले आफु सरकारमा रहाँदा जनताको आवश्यकतालाई महशुस गरेर विनियोजन गरेको बजेटबाट निर्मित सडकको उद्घाटन आफैँले गर्न पाउँदा खुशी व्यक्त गरे । मुलुकमा समृद्दि र विकास एमाललेलेृ मात्र गर्ने बताउँदै एमाले नेतृत्वले गरेको साँडे ३ बर्षमा धेरै नै विकास भएको दावी गरे । अहिलेको सरकारले ठुला योजनाका बजेट काटेर कार्यकर्ता पोस्नेगरी बजेटको दुरुपयोग गरेको आरोप लगाए ।

यस्तै प्रदेश सरकारको लगानीबाट बनेको सडकको उद्घाटनको सन्दर्भलाई जोडेर ६ नम्बर वडाका जनप्रतिनिधीले भ्रम फैलाउन खोजेको जिकीर गर्दै उनले आफ्नो वडामा भएको विकासको अपनत्व गर्न नसक्ने विकास प्रेमी हुनै नसक्ने बताए । अवको निर्वाचनमा त्यस्ता व्यक्तिहरुलाई जनताले चिन्नुपर्ने बताए । यस्तै पूर्व सामाजिक विकास राज्यमन्त्री जुनेलीमाया श्रेष्ठले मुलुकको समृद्दिका लागि एमालेको सरकार अपरिहार्य रहृेको बताइन् ।

कार्यक्रम भानुमार्ग रामनगर–माथिल्लो हात्तिलेट सडक निर्माण उपभोक्ता समितिका अध्यक्ष मधुवन श्रेष्ठको अध्यक्षतामा भएको हो । प्रदेश सरकारको तीन करोड ६० लाख बजेटबाट दुई खण्डमा गरी निर्माण भएको सडक भानु मार्ग एक किलोमिटर र १.३ किलोमिटर लम्बाई रहृेको छ । प्रदेश सरकारको लगानीपूर्व उपभोक्ता समिति मार्फत हेटौंडा उपमहानगरपालिकाको झण्डै ४० लाखको लागतमा सडक फराकिलो र ग्राभेल लगाउने काम भएको थियो ।