प्रहर खबर
 २०८३ श्रावण ४, सोमवार    

टिपरले किचेर एक जनाको मृत्यु

२०८० आश्विन २९, सोमबार ०८:०५ बजे

काभ्रे – पाँचखाल नगरपालिका-६ चामुण्डा पम्प नजिक अरनिको राजमार्गमा टिपरले किचेर एक जनाको ज्यान गएको छ। ज्यान गुमाउनेमा मोटरसाइकल चालक पाँचखाल-६ का नारायण तिमल्सिना रहेका छन्।

आइतबार साँझ ६ बजेतिर बा ७२ प ९७६२ नम्बरको मोटरसाइकल र विपरीत दिशाबाट आउँदै गरेको बागमती प्रदेश ०२–०२४ प २५०१ नम्बरको स्कुटर एक आपसमा ठोकिएका थिए।

पाँचखालबाट धुलिखेलतर्फ आउँदै गरेको बागमती प्रदेश ०१–००४ क २३२८ नम्बरको टिपरले तिमल्सिनालाई किचेको प्रहरीले जनाएको छ। उक्त घटनामा घाइते तीन जनाको उपचारका लागि प्रहरी र स्थानीयले धुलिखेल अस्पताल पठाएका छन।

स्थानीयले घटनापछि अरनिको राजमार्ग साँझ ६ बजेदेखि अवरुद्ध गरेका छन्।